चलचित्र ‘हजार जुनी सम्म’को शिर्ष गीत सार्वजनिक भएको छ । सारेगमप लिटिल च्याम्प’मा सहभागी भएर चौथो स्थान हासिल गरेका आयुष केसीको आवाज रहेको छ ।
उनले गायक उदय सोताङको हिट गीतमा आफ्नो आवाज दिएका हुन् । चलचित्रमा उदयको गीतलाई रि–एरेन्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् । चलचित्रमा उदय र आयुष दुबैको स्वर छ । गीतमा पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीत छ । नायक आर्यन सिग्देललाई फिचरिङ गरिएको छ भने आयुषको आवाजमा बाल–कलाकार अनुभव रेग्मीलाई फिचरिङ गरिएको छ । साउन ३० गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
गायक आयुष केसीले उदयको यो चर्चित गीतमा आवाज दिनु पाउनुलाई आफ्नो जीत भनेका छन् । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइटेल, अनुभव रेग्मी, सलोन बस्नेत, अभिषेक प्रधान, शिवहरि पौडेल लगायतको स्वर छ ।
चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङ्को लगानी छ ।
गीतको भिडियो :