सुरजको पांचौं म्यूजिक भिडियो 'सान्नानी ...' सार्वजानिक - Crazysaptahik.com

सुरजको पांचौं म्यूजिक भिडियो ‘सान्नानी …’ सार्वजानिक


गायक सुरज पौडेलको पहिलो एकल एल्बम मनको खुशी को ५ औ गीत ‘सान्नानी …’ बोलको म्यूजिक भिडियो सार्वजानिक गरिएको छ ।

विहिबार जय सिनेमा टिभी मार्फत् सार्वजनिक गरिएको सो गीतका विकाश चौधरीको संगीत, सबिना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलले सम्हालेका छन् ।

सो भिडियोलाई संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन् गीतमा केवल भुजेल, प्रतिक्षा खड्का , चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ भिडियोको छायांकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमको रहेको छ ।
गायक सुरज पौडेलले यसअघि गोलीले लागे झैँ …, ठुम्काले , मन प¥यो मन पर्यो…, धेरै पछि जस्ता डान्स बिटका गीतको म्यूजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

गायक पौडेलको पहिलो एकल एल्बममा पाँच गीत समाबेस रहेकोमा उनले यस सार्वजनिक भएको ‘सान्नानी ‘ बोलको गीत संगै एल्बमको सबै गीतको म्यूजिक भिडियो निर्माण गर्ने कमै गायकहरुमा गायक पौडेल पनि परेका छन् ।

म्यूजिक भिडियोमा नायक केवलले तीन मोडलहरुसँग निक्कै रोमान्टिक मोडमा देखिएका छन् । गीतको प्रकृति अनुसार निक्कै सुहाएको देख्न सकिन्छ ।

म्यूजिक भिडियो :

सम्बन्धित खवर