प्रभासको ‘साहो’ लाई १० हजार स्क्रिन, तोड्यो बाहुबलीको रेकर्ड - Crazysaptahik.com

प्रभासको ‘साहो’ लाई १० हजार स्क्रिन, तोड्यो बाहुबलीको रेकर्ड


दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित चलचित्र ‘साहो’ ले प्रदर्शन अगाडि नै बलिउडका सबै रेकर्डहरु तोडेको छ ।

३ सय ५० करोडको ठूलो बजेटमा बनेको साहोलाई देशभरमा ठूलो स्केलमा प्रदर्शन गर्ने तयारी गरिएको छ। रिपोटका अनुसार सोहोले स्क्रिन शेयरको विषयमा बाहुबली(२ र रजनीकान्तको ‘साइन्स फिक्सन’ चलचित्र २.० को रेकर्ड पनि तोडेको छ ।

साहोले भारतमा १० हजार स्क्रीन पर प्रदर्शन गरिदैछ। केही ट्रेड रिपोर्टले अनुमान लगाएको छ की साहोले भारतमा पहिलो दिन ७५ करोडको व्यापार गर्नेछ । प्रभासको यो भन्दा अगाडि प्रदर्शन भएको चलचित्र ‘बाहुबलि – २’ ले विश्वभरमा ९ हजार स्क्रिन पाएको थियो। यस्तै रजनीकान्त र अक्षय कुमारको चलचित्र – २.० ले विश्वभरमा १० हजार स्क्रिन पाएको थियो।

साहोलाई अमेजनले ४० करोडको डिजिटल राइट्समा किनेको छ। यस्तै साहोलाई तेलुगू, मलयालम, तमिलले स्याटलाइट राइस्ट ७० करोड हिन्दी र हिन्दी राइट्स पनि ७० करोडमा बिकिसकेको छ ।

साहो चार भाषामा प्रदर्शनमा आउँदैछ । यसमा हिन्दी, तमिल, तेलुगु र मलयादम भाषा समावेश छन् । यो प्रभासको पहिलो बलिउड चलचित्र हो । प्रभासले पहिलो पटक आफैले हिन्दीमा बोलेका छन्। साहोमा प्रभाससँग श्रद्धा कपूर जोडि बनेका छन् ।

सम्बन्धित खवर