सुन्दर भविष्यको कल्पनामा परदेशिएका ४० लाख नेपालीको साझा कथाको मुख्य थिम बोकेको गीत ‘निन्द्रा लाग्दैन…’ सार्वजानिक भएको छ ।
गायक अनिल सिंहको स्वर/संगीत रहेको म्यूजिक भिडियोमा नम्रता सापकोटा र अशिष पुरुसले जीवन्त अभिनय गरेका छन् ।
प्रमोद निरवानको एरेन्ज रहेको यस गीतलाई नेपाल र युएइमा छायांकन गरिएको हो । नेपालको पार्टहरु सुरेश काफ्लेले खिचेका हुन् भने युएइको पार्ट प्रकाश न्यौपानेले खिचेका छन् ।
सुरुवात र अन्त्यमा मार्मिक डाइलगहरु प्रयोग गरिएको यस म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने विकास सुवेदीले निर्देशन गरेका छन् ।
म्यूजिक भिडियो :