सिक्कामा गुन्जिए पुष्पन - Crazysaptahik.com

सिक्कामा गुन्जिए पुष्पन

क्रेजी साप्ताहिक
पथरी । लोकप्रिय गायक पुष्पन प्रधान पथरीको सिक्का लन्ज एण्ड बारमा आउने खबरले शुक्रबार २ बजेदेखि नै बारमा चहलपहल सुरु भइसकेको थियो ।

टुबोर्गको प्रस्तुति रहेको आर्टिस्ट इन इस्ट पुस्पन प्रधान नामाकरण गरिएको कन्सर्ट हेर्न पथरीशनिश्चरेवासी आतुर थिए । दिउँसैदेखि गर्मीको कुनै प्रवाह नगरी संगीत पारखीहरु बार भित्र ओइरिन थालिसकेका थिए । कोही स–परिवार त कोही आफ्नो गर्लफ्रेन्ड व्वाइफ्रेन्ड सित हातमा हात समातेर निक्कै मनोरञ्जन गर्ने मुडमा थिए ।

दर्शकहरुलाई बोरिङ हुन नदिन विकल्प व्याण्डले आफ्नो प्रस्तुतिहरु राखिरहेका थिए । दर्शकहरुको व्यग्र पर्खाइपछि सिक्कामा करिब ९ बजेतिर पुष्पन देखापरे विकल्प व्याण्डकै साथमा । सबैले उनलाई तालीको पर्राले स्वागत गरे संगै क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.का संस्थापक तथा चलचित्र निर्माता विरेन साम्बाले खदा ओडाएर उनलाई स्वागत गरे ।

त्यसपछि पुस्पनले खुशी व्यक्त गर्दै आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे । उनको गीतको सुर र तालमा ताल मिलाएर दर्शकहरु गीत गाउंदै भरपुर मनोरञ्जन लिइरहेका थिए । करिब १ घन्टा १५ मिनेटको कन्सर्टपछि पुस्पनले क्रेजी साप्ताहिकसंग भने–‘आज एकदमै राम्रो क्राउड पाएं, म सधैं पथरीलाई मिस गरिरहनेछु ।’

सम्बन्धित खवर