‘फुल टिपी...’ मा प्राङ्क स्टार एलिश र भावनाको रोमान्स - Crazysaptahik.com

‘फुल टिपी…’ मा प्राङ्क स्टार एलिश र भावनाको रोमान्स

गायक तारा लक्सम लिम्बुको आवाज रहेको ‘फुल टिपी …’ बोलको गीतको भिडियो युट्युवमा सार्वजानिक भएको छ ।

गाउँले परिवेशमा निर्माण गरिएको सो गीतको रचना दिपेन्द्र खड्का, संगीत गायक लक्समको र एरेन्ज टेकेन्द्र याक्सोले गरेका छन् ।

म्यूजिक भिडियोमा प्राङ्क स्टार एलिश राई र भावना मगरले फिचरिङ गरेका छन् । एक गाउँमा घुम्न गएको केटा र गाउँकी एक केटी बीचको मायालाई भिडियोमा उतारिएको छ ।

हेम्स इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् मंगलबार (आज) सार्वजानिक गरिएको सो भिडियोमा ड्रोन हेमन योन्जन, सम्पादन अनिल रानाले सम्हालेका छन् । भिडियोलाई भूपेन्द्र तुम्वाहाम्फेले निर्देशन तथा छायांकन गरेका हुन् । तुम्वाहाम्फे छायांकार हुँदै अहिले निर्देशनमा पनि सक्रिय छन् ।

हेर्नुहोस् भिडियो :-

सम्बन्धित खवर