गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने कुराहरु: - Crazysaptahik.com

गाडी चलाउँदा सधैं ख्याल गर्नुपर्ने कुराहरु:

गाडी चलाउनु धेरैका लागी रहर हुन्छ भने, धेरैका लागी बाध्यता । आजहामी गाडी चलाउँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा चर्चा गर्नेछौँ ।

“हजुरले त गाडी चलाउँदा ख्याल गर्नुपर्ने कुराहरु पुरा पढे पछि थाहा पाउनु हुन्छ । तर तपाईको साथी-भाई तथा आफन्तहरुले ? यदि तपाई आफ्नो साथी-भाई तथा आफन्तहरुलाई यो जानकारी दिन चाहनु हुन्छ भने, यो सामाग्री आफ्नो सामाजिक संन्जालमा सेयर गर्नुहोला । ता कि उहाँ हरुपनि सजक हुनुहोस् ।”

गाडी चलाउँदा प्रायजसो चालकहरूलाई ब्रेक पहिला थिच्ने कि क्लच भन्ने विषयमा कन्फ्यिूजन हुन्छ । अनुभवी चालकलाई भन्दा नयाँ चालकलाई यस्तो समस्याले धेरै सताउने गर्दछ ।

क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने त्यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा धेरै समस्या हुनसक्छ । दुर्घटनाको जोखिम पनि अधिक मात्रामा बढेर जाने खतरा रहन्छ ।

त्यसैले सबै भन्दा पहिले क्लचको काम के हो तपाई हामीले बुझ्न एक दमै जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्न जान्छ, त्यस समयमा गियर परिवर्तन गर्न सकिन्छ ।

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने सम्भाबना प्रभल रहन्छ। यसका लागि सबै भन्दा पहिले सवारी साधनको गियरको कम गति कति हो अनुमान लगाउन सक्नुपर्दछ ।

जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने, ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपासमा रहन्छ । यो गति गाडी तथा यात्रा गरीरहेको बाटो अनुसार फरक-–फरक पनि हुनसक्दछ ।

किनकी गाडि चलाउँदा कुनै पनि गियरको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न आवश्यक रहन्छ।

 

१. पहिला क्लच अनि ब्रेक

गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने, यस्तो अवस्थामा पहिला ब्रेक लगाउँदा गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा गाडी गियरको सबभन्दा कम स्पीडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेकको प्रयोग गर्नुपर्दछ ।

२. क्लच र ब्रेक सँगसँगै

यदि २० देखि ३० किलोमिटर प्रतिघण्टाको स्पीडमा गाडी गुडिरहेको अवस्थामा अचानक गाडीको रोक्नुपर्ने भएमा क्लच र ब्रेक एक साथ थिच्नु उपर्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

३. पहिला ब्रेक अनि क्लच

यदि ८० वा ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा सवारी साधन गुडाई रहनुभएको छ भने, यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनुपर्छ । बिस्तारै ब्रेक दबाउँदा गाडीको स्पीड ४० किलोमिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ । किनकी ४० किलोमिटर प्रतिघण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।

४. ब्रेकमात्र

आफू चलिरहेको गतिमा केही कम मात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, स्पीड मात्र कम गर्नुपर्ने अवस्थामा एक्सीलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ । यसले यात्राको दौरानलाई सुरक्षित बनाउँछ ।

“यो सामाग्री हजुरलाई कस्तोलग्यो ? प्रतिकृया दिन न भुल्नुहोला । यो जानकारी त हजुर लिनुभयो । तपाईको आफ्नो साथी-भाईलाई उक्त जानकारी दिन चाहानुहुन्छ भने, कृपया सेयर गर्नुहोला ।”

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.