नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान/ विद्यार्थी प्रोत्साहन कार्यक्रम - Crazysaptahik.com

नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान/ विद्यार्थी प्रोत्साहन कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार उद्घाटन गरी आइतबार सो कार्यक्रमको समापन गरिएको हो । पथरी शनिश्चरे नगरपालिका भित्र स्थापित सामुदायिक तथा निजी विद्यालयहरुले सहभागिता जनाएको सो कार्यक्रम भव्य र उल्लासमय तरिकाले सु–सम्पन्न भएको हो ।
पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पञ्चायत माविको संयोजनमा भएको सो कार्यक्रममा विज्ञान प्रदर्शनीतर्फ बुद्ध मावि प्रथम, पञ्चायत मावि दोस्रो, रेडस्टार÷ भूमि सैनिक तेस्रो र एभरेष्ट सान्तवना भए । आधारभूत तह नृत्यतर्फ हिरक आविका छेवाङ दोर्जे तामाङ प्रथम, स्मार्ट मन्टेश्वरीका सान्भी श्रेष्ठ दोस्रो, रेडस्टारकी विनिशा माझी तेस्रो, मोरङ मेरिगोल्डकी योङ्छोमा लिम्बु सान्तवना भए । माध्यमिक तह नृत्यतर्फ पञ्चायतका सुजता घिसिङ प्रथम, वाल्मीकिका जेनिशा तामाङ दोस्रो, रेडस्टारका पार्वती गुरुङ तेस्रो भए भने माध्यमिक तह स्तरीय गायनतर्फ रेडस्टारका रिक्जन दर्नाल प्रथम, सिंहवाहिनीका अदित राई दोस्रो, प्यागोडाकी शिका अधिकारी तेस्रो भए । यस्तैगरी आधारभूत तह स्तरीय गायनतर्फल रेडस्टारका निश्चल लिम्बू प्रथम, पञ्चायतका आदर्श धिताल दोस्रो, एभरेष्टकी ओशियन सेन्चुरी तेस्रो भए । माध्यमिक तहस्तरीय चित्रकलातर्फ पञ्चायतकी सलिना माझी प्रथम, एभरेष्टकी स्नेहा वनेम दोस्रो, भूपू सैनिकका प्रजल राउत तेस्रो भएका छन् । यसैगरी आधारभूत तहस्तरीय चित्रकलातर्फ वाल्मीकिका आयुस्मा लिम्बु प्रथम, ग्रेटग्रेसको नरेन लिम्बु दोस्रो, रेडस्टारका अस्मी बराइली तेस्रो भएका छन् । विजेताहरुलाई नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई उद्घाटनकै दिन प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो ।
पञ्चायत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा (यज्ञ)को अध्यक्षतामा भएको सामापन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ९ का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगर शिक्षा शाखा प्रमुख नविन खुलाल, शिक्षा अधिकृत बिना मिश्र, प्याव्सन नगर अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ अध्यक्ष अर्जुनकुमार बुढाथोकी, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरु, वि.व्य.स.अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.