पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले सकिन्छः मदनकृष्ण श्रेष्ठ - Crazysaptahik.com

पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले सकिन्छः मदनकृष्ण श्रेष्ठ

६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय छन्, कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ ।

मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् । तर, पहिले पहिले गीत गाउँदा पैसा पाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने मदनकृष्णले गुनासो गरेका छन् ।

उनले भने–‘पहिले गीत रेडियो नेपालको स्टूडियोमा मात्र रेकर्ड हुन्थ्यो । रेकर्ड भैसकेपछि सो गीत रेडियोमै बज्थ्यो । हामीले, उक्त समयमा गीत रेकर्ड गराएपछि १२ रुपैयाँ रोयल्टी पनि पाउथ्यौं ।

तर, अहिले उल्टो भएको छ । गीत तयार पारेपछि पैसा सकिन्छ । अहिले त गीत मात्र बनाएर नहुने, यसको भिडियो बनाउनुपर्ने । प्रचार गर्नुपर्ने ।’

मदनकृष्णले नेपाली चलचित्र नभएको समयमा म्यूजिक भिडियोले कलाकार र प्राविधकलाई बचाएको पनि तर्क गरे । उनले भने–‘अहिले चलचित्र छैन ।

तर, म्यूजिक भिडियोले चलचित्रका प्राविधिकहरुलाई बचाएको छ । भिडियोमा काम गरेर धेरैको घर चलेको छ । म्यूजिक भिडियोले दर्शकलाई मनोरञ्जन समेत दिएको छ ।’

सम्बन्धित खवर