बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो - Crazysaptahik.com

बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो

बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण निकालिएकी छिन् ।

भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार नायक तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त फिल्मबाट बाहिरिएकी हुन् ।

रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो । उक्त निर्णयपछि उनीहरुका दर्शकले निकै खुशी व्यक्त गरेका थिए । तर, दीपिका फिल्मबाट बाहिरिएको खबरपछि धेरै जना आश्चर्यमा परेका छन् ।

फिल्मसँग निकट एक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताए अनुसार दीपिकाले रणवीरको जति नै पारिश्रमिक मागेकी थिइन् । उनले गरेको उक्त माग पूरा नभएपछि उनी बाहिरिएकी हुन् । सूचनाका अनुसार दीपिका फिल्मबाट बाहिरिएपछि अब उनको भूमिकामा को आउने भन्ने विषयमा अन्योल नै छ ।

सम्बन्धित खवर