ईशा देओल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । तर, सामाजिक सञ्जालमार्फत चर्चामा आइरहेकै छिन् ।
ईशाको पछिल्लो तस्बिरबारे अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । धर्मेन्द्र हेमा मालिनीकी छोरी ईशाले पछिल्लो फोटोमा आफ्नो ट्याटु प्रदर्शन गरेकी छिन् ।
ईशाले यो ट्याटु ११ वर्षअघि नै बनाएकी थिइन् । तर यसअघि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा कहिल्यै यो ट्याटु देखिएको थिएन ।
विवाहपछि ईशा फिल्मी दुनियाँबाट टाढिएकी हुन् । उनले पछिल्लोपटक खेलेको हिन्दी फिचर फिल्म ‘टेल मी ओ खुदा’ हो ।
यो फिल्म २०११ मा रिलिज भएको थियो । यसपछि उनी केही दक्षिण भारतीय फिल्ममा देखिएकी छिन् ।
उनी पछिल्लो पटक २०१९ मा ‘केक वाक’ नामक सर्ट फिल्ममा पनि देखिएकी थिइन् । ईशाले अहिले करियरको नयाँ पारी सुरु गरिसकेकी छिन् । उनी अहिले प्रोड्युसर बनिसकेकी छिन् ।