भरतलाई टोकियो ओलम्पिकमा रजत पदक जिताएकी मीराबाई चानू सलमान खानको ठूलो फ्यान हुन् । उनले सलमान खानसँग भेट्ने आफ्नो सपना पूरा भएको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेकी छिन् ।
एनले कुल २ सय २ किलोग्राम भार उठाएर महिलाको ४९ केजी उमेर समूहमा रजत पदक जितेकी थिइन । सलमान खान पछिल्लो समय फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ मा देखिएका थिए ।
यस फिल्मलाई न त दर्शकले मन पराए, न समीक्षकले नै सकारात्मक प्रतिक्रिया दिए । दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफले पनि यस फिल्ममा अभिनय गरेका थिए । तर, फिल्म राम्रो चलेन ।