फिल्म क्षेत्रमा रहेर काम गर्ने सेलिब्रेटीहरु प्रायः सबैको चासोको विषय हुने गर्छन् । उनीहरुले गर्ने हरेक क्रियाकलापमा मानिसहरुले नजर डुलाइरहेका हुन्छन् ।
त्यसमाथि पनि बलिउड सेलिब्रेटीहरुको बारेमा चासो नराख्ने कमै हुन्छन् । उनीहरु कहिले पहिरन, कहिले सामाजिक सञ्जाल त कहिले आफ्नै बोलीका कारण पनि चर्चित हुने गरेका छन् ।
कहिले काँही कुनै सेलिब्रेटीले बोलेका कुराले यति धेरै चर्चा पाउछ कि उनीहरु रातारात लाइमलाइटमा आउँछन् ।
जसमध्ये केही बलिउड सेलिब्रेटी छन् । जसले दिएका केही स्टेटमेन्टले विवाद नै उत्पन्न गरेको थियो । यसको पहिलो नम्बरमा आउँछिन् कंगना रनौत ।
कंगनाले बलिउड निर्देशक करण जौहरको कफि शोमा नेपोटिज्मको बारेमा दिएको बयानले बलिउड नै तातेको थियो । उनले उठाएको यो मुद्दामा विवाद पनि उत्पन्न भएको थियो ।
जसमा सेलिब्रेटीहरुले एक अर्कालाई विभिन्न आरोप प्रत्यारोप समेत गरेका थिए । करीना कपूर खान पनि क्लास र विभिन्न बयानहरुका कारण चर्चामा आइरहन्छिन् ।
उनले पनि करण जौहरको कफि शोमा अभिनेत्री प्रियंका चोपडालाई कटाक्ष गरेकी थिइन् । जसले उनलाई विवादमा फसायो ।
भने उनले एक पटक अभिनेत्री बिपाशा बसुलाई ‘काली बिरालो’ भनेपछि उनी नराम्रोसँग विवादमा आएकी थिइन् ।
‘कन्ट्रोभर्सी’ को मामिलामा निकै पर रहेका बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान पनि आफ्नै बोलीका कारण विवादमा फसेका थिए ।
उनले एक अन्तरवार्ताका क्रममा ‘इनटोलरेन्स’ को बारेमा व्यक्त गरेको विचारले उनीमाथि नकारात्मक प्रतिक्रियाको भारी आइलागेको थियो ।
यता, चकलेटी अभिनेता इमरान हाशमी पनि आफ्नै बोलीले विवादमा परेका थिए । उनी करण जौहरको कफि शोमा ऐश्वर्या रायलाई ‘प्लाष्टिक’ भनेपछि निकै चर्चामा आएका थिए ।
बोलीकै कारण विवादमा पर्ने अर्का अभिनेत्री हुन् सोनाक्षी सिन्हा । उनले ‘कौन बनेगा करोडपति’ मा रामायणसँग जोडिएको एक प्रश्नको गलत जवाफ दिएकी थिइन् ।
उनले दिएको गलत जवाफमा कारण उनी सामाजिक सञ्जालमा निकै नराम्रोसँग ट्रोलको सिकार भएकी थिइन् ।
उनीमात्र होइन आलिया भट्ट पनि आफ्नो सामान्य ज्ञानसँग जोडिएको मिस्मको सिकार हुन्छिन् । आलियाले करणको शोमा दिएको गलत जवाफका कारण नै मिम्सले सामाजिक सञ्जाल छाएको थियो ।
‘कफि विथ करण’ मा आएर विवादमा फस्ने अर्की अभिनेत्री हुन् दीपिका पादुकोण । दीपिका रणवीर कपूरलाई ‘कण्डमको ब्राण्ड इन्डोर्स’ बनाउनुपर्छ भनेपछि निकै चर्चामा आएकी थिइन् ।