‘लाइफ इन एलए’ अहिले छायाँकन भइरहेको फिल्म हो । केही दिन अघिदेखि छायाँकन सुरु भएको फिल्मको अहिले तनहुँका बिभिन्न रमणीय स्थानमा छायाँकन भइरहेको छ ।
निर्माण टिमले फिल्मको केही दृश्यको तस्बिर सार्वजनिक गरेको छ । तस्बिर फिल्मको ‘पागल प्रेमी’ बोल रहेको गीतको हो ।
जसमा अभिनेत्री शिल्पा मास्के र नव–अभिनेता व्यास बिस्सुको रोमान्टिक अवतारमा देख्न सकिन्छ । शिल्पा केही दिन अगाडि मात्र फिल्ममा अनुबन्धित भएकी हुन् ।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा निर्माण हुन लागेको फिल्ममा शिल्पाको अलवा गौरव पहारी, अकेसा विष्ट, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतम लगायतका कलाकारको अभिनय रहनेछ ।
वाश इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्देशक सूर्य एन श्रेष्ठ हुन् । व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता रहेको फिल्ममा संसार सुवेदी कार्यकारी निर्माता रहेका छन् ।
एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ र क्रिस वारेनको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहनेछ । यसै फिल्म मार्फत अभिनेत्री अकेसा विष्ट पनि ६ वर्षपछि अभिनयमा कम ब्याक गर्दैछिन् ।