फिल्म निर्देशक तथा नेपाल संस्कृति सङ्घका अध्यक्ष तीर्थ थापा कोरोना सङ्क्रमित भएका छन् । केही दिन अगाडि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
टाउको दुख्ने, कमजोरी फिल हुने लगायत स्वास्थ्यमा समस्या देखिए पछि पीसीआर टेस्ट गर्दा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको थापाले बताए ।
होम आइसोलेसनमै रहेका थापाले आफ्नो स्वास्थ्य अहिलेसम्म सामान्य नै रहेको सुनाए । थापाले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायत फिल्म निर्देशन गरेका छन् ।
फिल्म क्षेत्रमा कलाकार, निर्माता, निर्देशकका रूपमा चिनिँदै आएका उनी नाट्य क्षेत्रबाट कलाकारिता गर्दै फिल्म क्षेत्रमा होमिएका हुन् ।
थापा पछिल्लो समय नेपाली काँग्रेस निकट कलाकर्मीको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको केन्द्रीय अध्यक्ष पनि हुन् ।