गरिबीका कारण ७ कक्षामा नै पढाइ छोडेर सडकमा बेच्थे कलम, कसरी पाए बलिउडमा ’ब्रेक’ ? :जोनी लीभर - Crazysaptahik.com

गरिबीका कारण ७ कक्षामा नै पढाइ छोडेर सडकमा बेच्थे कलम, कसरी पाए बलिउडमा ’ब्रेक’ ? :जोनी लीभर

बलिउडका पहिलो ‘स्टयाण्ड अप कमेडियन’ भनेर चिनिएका जोनी लिभरले ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

उनले आफ्नो दमदार अभिनयले धेरैको मन जितेका छन् । प्रखर अभिनयका कारण जोनीले १३ पटक फिल्मफेयर अवार्डमा नोमिनेशन भएका छन् ।

बलिउडमा सफल कमेडियन जोनीको सुरुवाती दिनहरु भने संघर्षरत रह्यो । सन् १९५७ मा जन्मिएका जोनी लिभर अर्थात जोनी प्रकाशको जन्म आन्ध्रप्रदेशको एक क्रिश्चियन–तमिल परिवारमा भएको थियो ।

जोनीको दुई जना भाई र तीन जना बहिनी छन् । उनी घरको जेठो सन्तान हुन् । उनको बालापन गरिबीमा बित्यो । गरिबीकै कारण ८ कक्षामा पढ्दापढ्दै छोड्न बाध्य भए ।

गरिबीमा परिवारको सहायताको लागि जोनीले सडकमा कलम बेच्न थाले । उनी कलम बेच्दा विभिन्न फिल्मका स्टारहरुको नक्कल गर्थे ।

जसबापत उनलाई हरेक दिन ५ रुपियाँ आम्दानी हुन्थ्यो । जोनीका पिता प्रकाश राव मुम्बईको जनमूला लिभर फ्याक्ट्रीमा काम गर्थे । पिताको भनसुनले उनले पनि त्यहाँ जागिर पाए ।

फ्याक्ट्रीमा १ सय किलोको भारी पनि बोक्नुपथ्र्यो । भारी बोक्दा पनि उनी हसाउँन छोड्दैन थिए । उनले मिमिक्री गर्दै सबैलाई हसाए ।

सबैले मायाले उनलाई जोनी लिभर नाम दिए । बिस्तारै उनी मिमिक्रीमा यति पोख्त भए कि उनलाई स्टेज कार्यक्रममा पनि बोलाउन थालियो । उनले मिमिक्री गरेर पैसा कमाउन थाले ।

एक स्टेज शोको क्रममा उनीमाथि बलिउड स्टार सञ्जय दत्तको ध्यान खिचियो । सञ्जय दत्तले उनलाई सन् १९८९ मा ‘दर्द का रिश्ता’ मा जोसफको भूमिका दिए ।

त्यसपछि जोनीको सफलताको दिनहरु सुरु भए । उनले बलिउडमा थुप्रै सुपरहिट फिल्ममा सुपरहिट भूमिका निभाएका छन् ।

सम्बन्धित खवर