ऋचाले छाडेपछि ‘कमेडी च्याम्पियन २’मा निर्णायक को ? - Crazysaptahik.com

ऋचाले छाडेपछि ‘कमेडी च्याम्पियन २’मा निर्णायक को ?

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् ।

‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो छाड्ने भएकी छिन् ।

शोका निर्देशक विशाल भण्डारीका अनुसार, आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा नरहने विशालले बताए ।

ऋचा आफैले पनि शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन् । ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् ।

यसपछि, अतिथी निर्णायकलाई कार्यक्रममा सहभागी गराइने विशालले बताए । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । यसैले पनि उनले टप ५ मा शो पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय गरेकी हुन् ।

 

सम्बन्धित खवर