रश्मिले गरिन् बोल्ड फोटो सुट - Crazysaptahik.com

रश्मिले गरिन् बोल्ड फोटो सुट

रश्मि देसाई बलिउडकी त्यस्ती सेलिब्रेटीमध्ये एक हुन्, जसको फोटोसुट सधैँ चर्चाको विषय बन्ने गरेको छ । धेरैजसो आफ्नो बोल्ड फोटोसुटबाट फ्यान रिझाउँदै आएकी उनले अहिले पानीमा भिजेर फोटो सुट गरेकी छन् । जसमा उनले आफ्नो बोल्ड लुक्स प्रस्तुत गरेकी छन् ।

तस्बिरमा उनी कलो करलको ड्रेसमा देखिएकी छन् । सामान्य मेकअप र चेरी लिपस्टिकका साथ उनले आफ्नो लुक्स कम्प्लीट गरेकी छन् । फ्यानले उनको तस्बिर निकै रुचाएका छन् ।

कामको कुरो गर्ने हो भने रश्मिले अभिनयको सुरुवात २००२ मा ‘असमिया’ फिल्मबाट गरेकी थिइन् । त्यसपछि हिन्दी फिल्म अभिनय गरेकी उनको पहिचान भने भोजपुरी फिल्मबाट भएको हो ।

रश्मिले सिरियल ‘उतरन’बाट टिभी अभिनयमा पाइला राखेकी थिइन् । यो सिरियलबाट उनलाई नाम तथा दाम दुबै मिलेको थियो । ‘नच बलिए’, ‘खतरोका खेलाडी’, ‘दिल से दिल तक’ र ‘बिग बोस’मा समेत देखिएकी रश्मि पछिल्लो समय नागिन सिरियलमा देखिएकी थिइन् ।

सम्बन्धित खवर