करिना भन्छिन्–‘म मेरो छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ’ - Crazysaptahik.com

करिना भन्छिन्–‘म मेरो छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ’

बलिउड नायिका करिना कपुरले आफ्ना दुई छोराहरुलाई स्टार बनाउन नचाहेको बताएकी छिन् । हालै मात्र भारतीय मिडियासँग कुराकानी गर्दै करिनाले छोराहरुलाई मुभी स्टार भन्दा पनि जेन्टलम्यान बनाउन चाहेको बताएकी हुन् ।

करिनाले भनेकी छिन्–‘म आफ्ना २ छोराहरुलाई जेन्टलम्यान बनाउन चाहन्छु । मानिसहरुले उनीहरुलाई दयालु स्वभावको भनुन् भन्ने म चाहन्छु ।

म चाहन्नँ कि उनीहरु मुभी स्टार बनुन् । जब उनीहरुले मेरो अगाडि आएर आफूहरुलाई सगरमाथा चढ्न मन लागेको बताउनेछन्, म निक्कै खुशी हुनेछु ।

म उनीहरुको साथमा हुनेछु र साथ दिनेछु ।’करिनाले आफ्ना जेठा छोरा तैमुरमा पिता सैफअली खानको व्यक्तित्व झल्कने बताइन् ।

यस्तै, कान्छा छोरा जहांगीरमा दुबै जनाको व्यक्तित्व झल्कने उनको भनाई छ । तैमुर क्रियटिभ रहेको रंगहरु भर्न मन गर्ने करिनाले खुलाएकी छिन् ।

करिनाले आफ्ना २ सन्तानलाई हस्तक्षेप नगर्ने पनि बताएकी छिन् । करिनाले बच्चाहरुले गल्ती गरेको खण्डमा उनीहरुलाई नै सुधार्न दिनुपर्ने पनि तर्क गरेकी छिन् ।

करिनाको परिवार नायक सैफअली खानको आज परेको जन्मदिनको अवसरमा छुट्टी मनाउन माल्दिभ्स पुगेको छ ।

सम्बन्धित खवर