शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता - Crazysaptahik.com

शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता

विवादकै कारण चर्चामा रहने चर्चित रियालिटी शो ‘बीग बोस’को नयाँ सिजन ओटीटीमा सार्वजनिक भएको छ । ८ अगष्टमा यो शोको प्रिमियर ओटीटीबाट भएको थियो ।

यो शोलाई निर्माता तथा निर्देशक करण जोहरले संचालन गरिरहेका छन् । शोमा बलिउड नायिका समिता सेट्टी सहभागी भएपछि धेरै आश्चर्यमा परेका थिए ।

कार्यक्रममा करणले समिताको खेल खेल्ने तरिकाको तारिफ गरेका थिए । उनले, समिताको मौनताको बिषयमा पनि प्रश्न गरेका थिए ।

करणको प्रश्नपछि समिताले आँशु रोक्न सकिनन् । उनले, बलिउडमा २०–२१ बर्ष लामो आफ्नो यात्रा सहज नभएको भन्दै आफू सधै शिल्पा सेट्टीको छायामा परेको पनि बताएकी छिन् ।

दुई दशक भन्दा लामो समयसम्म बलिउडमा रहँदा पनि आफूलाई शिल्पाकी बहिनी भनेर मात्र दर्शकले चिनेको भन्दै आफ्नो पहिचान नबनेको गुनासो गरिन् ।

उनले, आफ्नो पहिचान बनाउनका लागि अझै पनि संघर्ष नै गर्नुपरेको भन्दै करणको अगाडि आँशु रोक्न सकिनन् । समिताले यो शोमा पहिलो पटक सहभागीता जनाएकी होइनन् ।

उनी, सन् २००९ मा ‘बीग बोस ३’मा पनि सहभागी भएकी थिइन् । सन् २००० मा चलचित्र ‘मोहब्बते’बाट बलिउडमा डेब्यू गरेकी समिताले ‘झलक दिखल जा, फियर फ्याक्टर, खतरो के खिलाडी ९’ लगायतका रियालिटी शोमा भाग लिइसकेकी छिन् ।

सम्बन्धित खवर