‘एक्सन हिरो’मा जयदीपसँग भिँड्दै आयुष्मान - Crazysaptahik.com

‘एक्सन हिरो’मा जयदीपसँग भिँड्दै आयुष्मान

अभिनेता आयुष्मान खुराना अहिले फिल्म ‘डाक्टर जी’ को सुटिङमा ब्यस्त छन् । यसपछि उनी आनन्द एल रायको फिल्म ‘एक्सन हिरो’ मा देखिनेछन् । अहिले चर्चा चलेको छ कि उनी आनन्दको फिल्म ‘एक्सन हिरो’ मा जयदीप अहलावतसँग भिड्ने छन् ।

आयुष्मान यो फिल्मबाट एक्सन अवतारमा देखिन लागेका हुन् भने जयदीप नेगेटिभ भूमिकाको लागि छानिएका छन् ।कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर यो फिल्मको सुटिङ सेड्युल अहिले परिवर्तन गरिएको छ ।

निर्माण युनिटले फिल्म अमेरिकाको साटो युकेमा गर्ने योजना बनाएको छ । आगामी डिसेम्बरमा छायाँकन सुरु हुने फिल्म अनिरुद्ध अथ्यर गणपतिले निर्देशन गर्न लागेका हुन् । गणपतिको यो निर्देशनमा डेब्यु फिल्म हो ।

सम्बन्धित खवर