सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् ।
बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्न स्टार सम्झिएका बताइन् । उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन् ।
एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले गोप्य रुपमा पोर्नमा काम गरेको सम्झन्थे । उनका पिताले उनलाई सोही मामिलामा शारीरिक र मानसिक यातना पनि दिए ।
आफन्तले उनलाई पोर्न स्टार भनेर बोलाउन पनि थालेका थिए । उनी पोर्न स्टार हो वा होइन भनेर उनका परिवारले उनको बैंक खाता समेत चेक गरेका उनी बताउँछिन् ।