यसकारण म्युजिक भिडियोमा काम गर्दैनन् अनमोल केसी - Crazysaptahik.com

यसकारण म्युजिक भिडियोमा काम गर्दैनन् अनमोल केसी

पहिलो चरणको लकडाउनपछि नेपाली चलचित्रको बजार ठप्प छ । डेढ बर्षदेखि नेपाली चलचित्रको काम नहुँदा कलाकारका लागि म्युजिक भिडियो ठुलो राहत बनेको छ । चलचित्रको काम नहँुदा कलाकारहरुले म्युजिक भिडियोमा आफूलाई व्यस्त बनाएका छन् ।

भिडियोबाट डेढ बर्षमा करोडौं कमाउने केही नायक तथा नायिकाहरु पनि छन् । यसमा केही कलाकार भने अपवाद छन् । जसले महंगो पारिश्रमिकको अफर गर्दा पनि भिडियोमा काम गर्ने मन बनाएनन् । यसमा नायक अनमोल केसी पनि पर्छन् ।

अनमोल केसीलाई ७ लाखसम्म पारिश्रमिक दिएर भिडियोमा अफर नभएको होइन । तर, अनमोलले आफूलाई रिजर्भ नै राखेका छन् । पहिलो चरणको लकडाउनपछि अनमोलले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन भने सकाएका छन् ।

नायक केसीले म्युजिक भिडियोमा काम नगर्नुको बिषयमा अनलाइनखबरसँग भने–‘सबै कलाकारको आ–आफ्नै सोच हुन्छ । म म्युजिक भिडियोलाई उच्च सम्मान गर्छु । भिडियोले दर्शकलाई मनोरञ्जन दिने काम गरिरहेको छ ।

तर, मलाई चलचित्रमा मात्र देखिऔं भन्ने लाग्छ । आफूलाई भिडियोमा काम गर्न मन नपरेको भन्दा पनि चलचित्रको गीतमा मात्र दर्शकमाझ आउने सोच हो ।’ अनमोलले भिडियोका लागि कलाकार तथा प्राविधिकहरुले गरेको कामलाई उच्च सम्मान गर्ने बताए ।

अनमोलले आफ्नो चलचित्र ‘ए मेरो हजुर ४’ दर्शकमाझ चाडै आउने समेत जानकारी दिएका छन् । अनमोल चलचित्र ‘एक्स ९ र पारस’को काम सुरु गर्ने तयारीमा समेत छन् ।

सम्बन्धित खवर