शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण - Crazysaptahik.com

शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण

 

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरस्थित वडा नम्बर ५, ६ र ७ मा आज शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ५ र ६ मा १२ जना र ७ मा १२ जना गरी २४ जनालाई सहायक सामग्री वितरण गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्बर ५ मा वडा सदस्य चेतन खड्का, सचिव मिनाकुमारी बर्मा, ६ मा सचिव रोशन पोखरेल सहितको उपस्थितीमा सामग्री वितरण भएको छ । वडा नम्बर ७ मा वडाध्यक्ष कपिलमणि ढकाल, सदस्य कुमारी रोक्का, काशीराज राई सहितको सहभागितामा सामग्री वितरण गरिएको छ । वितरण कार्यमा करुणा फाउण्डेशनका उमेश कुँवर, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

जसमा, ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोग पुर्याउने मेसिन सहितका सामग्री वितरण भएका हुन् ।हिजो, वडा नम्बर १ मा ५ जना, २ मा ५ जना र ३ मा ८ गरी १८ जनालाई सामग्री वितरण गरिएको थियो । भदौ १३ गते ४, ८, ९ र १० नम्बरमा सामग्री वितरण गरिने छ ।

सम्बन्धित खवर