हलिउड फिल्म ’सिटाडेल’को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट - Crazysaptahik.com

हलिउड फिल्म ’सिटाडेल’को सेटमा प्रियंका चोपडालाई लाग्यो चोट

ग्लोबल आइकन प्रियंका चोपडालाई फिल्म सुटिङका क्रममा आँखीभौँमा चोट लागेको छ । उनको आँखीभौँमा हलिउड फिल्म ’सिटाडेल’को सुटिङका क्रममा चोट लागेको हो । फिल्म सेटमा एउटा सिनको सुटिङमा उनको आँखीभौँमा चोट लागेको हो ।

उनले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै आँखीभौँमा चोट जानकारी दिएकी छन् । उनले तस्बिर वास्तविक चोट र नक्कली चोट देखाएकी छन् । उनले पहिलो तस्बिरमा प्रियंका चोपडाको निधारमा रगत आएको छ भने दोस्रो तस्बिरमा प्रियंकाले क्यामेराको नजिक गएर आइब्रोको बीचमा भएको चोट देखाएकी छन् ।

’सिटाडेल’मा प्रियंका चोपडाले जासुसको भूमिका निभाएकी छन् । अभिनेत्री केही महिनादेखि लण्डनमा छिन् । उनी ’सिटाडेल’ सिरिजको सुटिङ गरिरहेकी छन् । यो सिरिज अमेजन प्राइममा रिलिज हुने भएको छ ।

सम्बन्धित खवर