अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना - Crazysaptahik.com

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

 

अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो ।

नीतालाई अझै दुई दिन अस्पतालमै राखिने जनाइएको छ । नीताले हालै ज्योतिषी हरिहर अधिकारीसँग विवाह गरेकी हुन् । उनीहरुले निर्माण गर्न लागेको फिल्म ह्रस्वदीर्घ दशैंपछि छायांकनमा जाने तयारीमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.