‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी - Crazysaptahik.com

‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी २’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।

फिल्ममा प्रकाश र केकीका साथै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतले अभिनय गरेका छन् । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन, दीर्घ गुरुङको सम्पादन र रमेश बीजीको कथा रहेको छ । फिल्मका निर्माता राजेश वंशल र नारायण रायमाझी हुन् ।

सम्बन्धित खवर