ब्रेकअपपछि पनि एकसाथ देखिए शमिता र राकेश ! - Crazysaptahik.com

ब्रेकअपपछि पनि एकसाथ देखिए शमिता र राकेश !

पछिल्लो समय अभिनेत्री शमिता शेट्टी राकेश बापटसँगको ब्रेकअपको खबरका कारण चर्चामा छिन् । फ्यानहरूले दुवैलाई एकसाथ धेरै मनपराएका थिए । तर अहिले दुवै अलग भएका छन्, जसको जानकारी उनीहरुले सामाजिक सञ्जाल मार्फत गराएका थिए । यसैबीच राकेश र शमिता अभिनित पहिलो गीत रिलिज हुन लागेको छ, जसलाई लिएर फ्यानहरु पनि निकै उत्साहित छन् ।

गीतको बोल ‘तेरे विचार रब दिस्दा’ रहेको छ । जसको टिजर दुबैले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका छन् । टिजर सेयर गर्दै शमिता र राकेशले लेखेका छन्, ‘हामी तपाईंको मन कब्जा गर्न आउँदैछौं ।’ टिजरमा दुबैको रोमान्स निकै राम्रो देखिन्छ, जसलाई फ्यानहरु लाइक वर्षाएका छन् । म्युजिक भिडियोको टिजर हेरेर फ्यानले कमेन्टको वर्षा गरेका छन् ।

एक फ्यानले लेखेका छन्, ‘ओएमजी अब भिडियोको लागि पर्खिरहेछु ।’ अर्का एकले लेखेका छन्, ‘तिमीहरू दुवै सँगै क्यूट देखिन्छौ’ । त्यही क्रममा अर्को एकले लेखेका छन् ‘लभ इज इन द एयर’ । कतिपय फ्यानले मुटु र आगोको तस्बिर समेत कमेन्टमा पोष्ट गरेका छन् । शमिता र राकेशको पहिलो भेट ‘बिग बोस’ मा भएको थियो । शोबाट बाहिरिएपछि दुवैले एकअर्कालाई डेट गर्न थालेका थिए ।

यसैबीच, अहिले केही दिनअघि उनीहरुले छुट्टिएको जानकारी दिएका थिए । उनीहरुको ब्रेकअपको कारण भने खुलेको छैन । साथै दुबैले फ्यानहरुलाई व्यक्तिगत रुपमा र म्युजिक भिडियोलाई पनि माया दिन आग्रह गरेका छन् ।

 

सम्बन्धित खवर