अष्ट्रेलियाका लागि कतिमा बिक्री भयो ‘कृष्ण–लीला’ ? - Crazysaptahik.com

अष्ट्रेलियाका लागि कतिमा बिक्री भयो ‘कृष्ण–लीला’ ?

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । फिल्मको राइट अष्ट्रेलीया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा भएको थियो । दीपक ओली निर्देशित फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । श्रेष्ठले फिल्मको अष्ट्रेलीया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिए ।

‘रकम नखुलाउ होला,’ उनले भने, ‘अपेक्षाभन्दा बढी मूल्यमा बेचेका छौ ।’ उनले फिल्मको अन्य देशमा पनि धमाधम बिक्री भइरहेको बताए । फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् ।

 

सम्बन्धित खवर