साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो - Crazysaptahik.com

साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो

कास्टारकास्ट र ब्यानरको हिसाबले दुई प्रतीक्षित नेपाली फिल्मको विदेश छायांकन तालिका सकिएको छ । आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम स्वदेश फर्किएको छ । साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ । मिलन चाम्सले निर्देशन गरिरहेको ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा तीन साता चल्यो ।

नेपाल फर्किएपछि फिल्मको बाँकी छायांकन गर्ने तयारी छ । घनश्याम लामिछानेले निर्देशन गरिरहेको ‘लण्डन टु पेरिस’ सुटिङ तालिकाअन्तर्गत बेलायतको भाग सकिएको छ । बाँकी छायांकन फ्रान्सको राजधानी पेरिससहित आसपास हुने जनाइएको छ । फिल्मको लण्डन भाग सकिएको खुसियालीमा सुटिङ सेटमै कलाकारले केक काटेर सेलिब्रेसन गरे ।

साम्राज्ञी शाह, गरिमा शर्मा, कबीर खड्का र निश्चल खड्काले  लेखिएको केक काटेर खुसी मनाए । टोली अब पेरिसतर्फ अघि बढ्ने क्रममा छ । यी दुवै फिल्मले नेपाली फिल्मको कथावस्तुमा विदेशी भूभाग, परिवेश र संस्कृतिलाई खोजी गर्ने आशा लिइएको छ । दुवै फिल्मको निर्माणमा गैरआवासीय नेपालीको पनि लगानी भएकाले ती ठाउँमा छायांकन गरिएको हो । कोरोना महामारीपछि अन्य नेपाली फिल्म पनि विदेशमा छायांकन हुने तयारीमा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.