
अश्लील शब्द र पेटिकोटका दृश्यले गीत विवादमा मुछिएपछि गीतबाट विवादित दृश्यांश हटाइएको छ । ‘पापाकी परी’ बोलको उक्त गीतबाट पेटिकोट लगाएर नाचिएको दृश्य र केही शब्द हटाएर पुनः युट्युवमा पोस्ट गरिएको छ । शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत मंगलबार रिलिज भएको थियो ।
तर, रिलिज भएकै दिनबाट गीतलाई प्रशंसाभन्दा आलोचना प्राप्त भएको थियो । मोडल करिश्मा ढकाल र गायिका पाठक गीत हटाउन नहुने अडानमा थिए भने हमालले हटाउन दबाव दिएका थिए । गीतमा केही अश्लील लाग्ने शब्द र मोडल ढकालले पेटिकोट लगाएर नाचेकी थिइन् ।
रचनाकार हमालले गर्दै आफू लज्जित भएको भन्दै आत्मालोचना समेत गरेका थिए । उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी पनि हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनले अपाच्य र अभद्र गीत सार्वजनिक गरे कार्वाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेका थिए ।
https://youtu.be/OboRa3l4gSk

