नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक - Crazysaptahik.com

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा प्रस्तुत गर्छ ।‘उचाई’ले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुयाउने आशा लिइएको छ ।

सम्बन्धित खवर