हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो– अब उनी बाँच्ने आशा छैन - Crazysaptahik.com

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो– अब उनी बाँच्ने आशा छैन

गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ । उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन । ‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र उनी गम्भीर अवस्थामा कोमामा छिन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनी लामो समयदेखि अंगदानको पक्षमा थिइन् ।

उनका कुनै अंग दान गर्न योग्य छन् कि छैनन् भनेर उनलाई लाइफलाइनमा राखिएको छ ।’ मस्तिष्कमा अक्सिजन प्रवाह नहुँदा एनोक्सिक इन्जुरी हुन्छ । गत शुक्रबार हेचे तीव्र गतिमा गुडिरहेको एक कारमा सवार थिइन् र सडकबाट उछिट्टिएर केही घरसँग ठोक्किएको थियो । त्यसपछि आगोको मुस्लो पनि देखियो ।

अभिनेत्री हेचे अहिले गम्भीर अवस्थामा छिन् । उनकी प्रवक्ताका अनुसार आगोले जलेका कारण उनलाई मेकानिकल भेन्टिलेसनको जरुरत छ । आफ्नो सन्देशमा उनका परिवार र साथीले हेचेको विशाल हृदय र उदार भावनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोप ओपेरा ‘एनदर वल्र्ड’बाट हेचे चर्चित भएकी थिइन् । यसमा उनले गरेको जुम्ल्याहा चरित्रको प्रस्तुतिबाट उनले डे टाइम एमी अवार्ड समेत प्राप्त गरिन् ।

 

सम्बन्धित खवर