विदेशी प्रेमिकासँग गरे अभिनेता कार्मले विवाह, भदौ ४ गते बिहेभोज - Crazysaptahik.com

विदेशी प्रेमिकासँग गरे अभिनेता कार्मले विवाह, भदौ ४ गते बिहेभोज

अभिनेता कार्मले विदेशी प्रेमिका एनी सोफीसँग विवाह गरेका छन् । गत वर्ष नै उनले विवाह गरेको भए पनि यो कुरालाई गुपचुप राखिरहेका थिए । तर उनले भदौ ४ गते बिहेभोजको आयोजना गरेका छन् । बिहेभोजको निम्तो अनलाइनखबरलाई प्राप्त भएको छ । उक्त बिहे रिसेप्सनलाई परम्परागत नेवारी भोज भनिएको छ ।

कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले आयोजना गरेको निम्तोमा कार्म वेड्स एनी सोफी लेखिएको छ । कार्म र एनीले आफू निकट फिल्मकर्मी, व्यवसायी र साथीभाइलाई रिसेप्सनको निम्तो दिएका छन् । एनी युरोपेली रहेको र उनी कार्मसँग केही वर्षदेखि रिलेसनसिपमा रहेको बुझिएको छ ।

कार्मले पनि आफ्नो विवाह गत वर्ष नै भइसकेको र कोरोना महामारीका कारण बिहेभोजमा ढिलाइ भएकाले बल्ल आयोजना गर्न लागेको बताए । कार्मका निकट साथी तथा अभिनेता रेमनदास श्रेष्ठले पनि हालै विदेशी प्रेमिका जेना मुड्रासँग बिहे गरेका थिए । कार्म अभिनित फिल्म ‘अभिन्न’ प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.