‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला - Crazysaptahik.com

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला

 


ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला भएको छ । आयोजकले विज्ञप्ती जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको हो । १८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ ।

अडिसन भदौ ११ गते हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए । अडिसनमा सहभागी हुन इच्छुप्रतिस्पर्धीले ग्लोबल अनलाइन पेमार्फत आफ्नो आवेदन दिन सक्नेछन् ।

आयोजक संस्थाकी ब्यवस्थापक स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसरहरु प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.