गोपाल योञ्जनका गीतको कपीराइट विवाद टुंगियो, रिन्छेन र रौनियारबीच प्रहरीमा मिलापत्र - Crazysaptahik.com

गोपाल योञ्जनका गीतको कपीराइट विवाद टुंगियो, रिन्छेन र रौनियारबीच प्रहरीमा मिलापत्र

संगीतकार स्वर्गीय गोपाल योञ्जनका गीत दुरुपयोग गरेको विषयमा उनको परिवार र फिल्म निर्देशक सम्झना उप्रेती रौनियारबीच उत्पन्न विवाद टुंगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार दुवै पक्षले विवाद टुंग्याउन लिखित सहमति गरेका छन् । परिसरका एसपी दिनेश मैनालीका अनुसार योञ्जनका गीत प्रयोग गरेबापत युट्युबबाट भएको आम्दानीको आधा हिस्सा योञ्जन परिवारलाई दिन रौनियार सहमत भएकी छन् । रौनियारले यो विवादमा माफी पनि मागेका छन् ।

प्रहरीका अनुसार लिखित सहमतिपत्रमा सम्झनाको कम्पनी सबास्ता इन्टरटेनमेन्टको तर्फबाट उनका पति विकास रौनियार र योञ्जनकी पत्नी रिन्छेनले हस्ताक्षर गरेका छन् । योञ्जनकी छोरी सिर्जनाले पनि रौनियारले गल्ती स्वीकार्दै माफी पनि मागेको र कमाइको ५० प्रतिशत हिस्सा दिन तयार भएकाले सहमति भएको बताइन् ।

‘पैसाभन्दा पनि प्रतिष्ठा हामीले खोजेका हौं,’ सिर्जनाले भनिन् । सम्झना निर्देशित फिल्म ‘मेघा’मा प्रयोग भएका योञ्जनका सातसहित कम्पोज हुन बाँकी दुई गीत युट्युबबाट रिलिज गर्दै आफूहरुको अनुमतिबिना कमाइ गरेको आरोप योञ्जन परिवारको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.