मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ? - Crazysaptahik.com

मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?

अभिनेत्री श्वेता खड्काले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेकी छन् । मंगलबार बेलुका काठमाडौंको मनमोहन अस्पतालमा आफूले मुख्यमन्त्री पाण्डेलाई भेटेको श्वेताले बताइन् । त्यसक्रममा उनीहरुबीच सामाजिक र व्यावसायिक विषयमा कुराकानी भएको छ । ‘मनमोहन अस्पताल स्थापनादेखि नै उहाँसँग राम्रोसँग चिनजान थियो ।

काठमाडौं आएको मौका पारेर भेट भएको हो । केही सामाजिक र व्यावसायिक कुरामा छलफल भयो,’ मुख्यमन्त्री पाण्डेसँगको भेटबारे श्वेताले भनिन् । भेटमा श्वेताका श्रीमान विजयन्द्रसिंह राउत पनि सहभागी थिए । आमा बन्ने तयारीमा रहेकी श्वेता पछिल्लो समय घरमै आराम गरिरहेकी छन् ।

चिकित्सकले उनलाई मंसिर पहिलो साताको डेलिभरी डेट दिएका छन् । मुख्यमन्त्री पाण्डेसँगको भेटको तस्वीरमा श्वेताको यो प्रेगनेन्सी लुक्स देखिन्छ । गर्भावस्थाको कारणको उनको तौल बढेको देखिन्छ । यतिबेला श्वेताको व्यावसायिक पाटो पति विजयन्द्रले सम्हालिरहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.