‘प्रेमगीत ३’लाई यूएफओले चीनमा पनि रिलिज गर्ने, हिमाली दृश्यले लोभिए वितरक - Crazysaptahik.com

‘प्रेमगीत ३’लाई यूएफओले चीनमा पनि रिलिज गर्ने, हिमाली दृश्यले लोभिए वितरक

‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट  निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए ।

उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ ।‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन् । चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता छ । ‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने ।

चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक–दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताए । चीन रिलिजबारेको दोस्रो बैठक दुई–तीन दिनमै पुनः बस्ने भएको छ । चीन विश्वको सबैभन्दा ठूलो फिल्म बजार हो । सन् २०२१ को आँकडाअनुसार चीनमा फिल्मको कुल बजार ७.३ बिलियन अमेरिकी डलर छ ।

भारत चाहिं ०.५ बिलियन डलरसहित विश्वको आठौं ठूलो फिल्म बजार हो । दोस्रो ठूलो फिल्म बजार अमेरिकी फिल्म बजारको आकार सन् २०२१ मा ४.५ बिलियन डलर छ । ‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पु¥याउने आशा निर्माता सेनले व्यक्त गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.