१० भदौमा विक्रम, सौगात र सुवर्णको ‘राधा’ प्रदर्शनमा आउने - Crazysaptahik.com

१० भदौमा विक्रम, सौगात र सुवर्णको ‘राधा’ प्रदर्शनमा आउने

‘ह्याप्पी डेज’,‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ जस्ता फिल्म निर्माण गरेका विक्रम डी जोशी (विक्की) निर्माता रहेको फिल्म हो ‘दि सिक्रेट्स अफ राधा’ । फिल्म आगामि १० भदौ सार्वजनिक प्रदर्शनमा आउने भएको छ । केही अगाडि रिलिज फिल्म ‘हेल्लो जिन्दगी’ हिरोको रुपमा देखिएका बिक्रम राधामा भने निर्माताको रुपमा रहेका छन् ।

सुवर्ण थापा निर्देशित ‘राधा’ निर्माणमा बिक्कीलाई अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् ।नारी शक्तिको विषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मेहनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्को स्वरुप ‘राधा’ बनेको हो ।’

आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागि रहेको उनी बताउँछन् । पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् । महारानी इन्टरटेन्मेन्ट युके, बिरञ्जना इन्टरटेन्मेन्ट्स, आदियोगी भिजन, मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकिँदै जादा प्रचार प्रसारमा तिव्रता दिइरहेको छ । फिल्म दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दावी निर्माण पक्षको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.