अमेरिकामा दाता जुटाएर फर्किइन् मिस नेपाल प्रियंका : डोल्पा, लमजुङ र धादिङका गाउँ घुम्दै - Crazysaptahik.com

अमेरिकामा दाता जुटाएर फर्किइन् मिस नेपाल प्रियंका : डोल्पा, लमजुङ र धादिङका गाउँ घुम्दै

मिस वर्ल्ड तयारीका लागि अमेरिका भ्रमणमा पुगेकी मिस नेपाल प्रियंकारानी जोशी स्वदेश फर्किएकी छन् । उनको न्युयोर्क भ्रमणको मुख्य उद्देश्य मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि दाता जुटाउनु हो । यो विधासँग प्रियंकाको लगाव किन पनि छ भने नेपाल यो विधाको प्रमुख दाबेदार हो ।

नेपालले विगतमा चार–पाँचवटा ब्युटी विथ पर्पस विधा जितेको छ । यो विधा जित्न सकिए मिस वर्ल्डको फाइनलमा सिधै पुग्न सकिने अर्को फाइदा पनि छ । यी दुई कारणले प्रियंकाको जोडबल ब्युटी विथ पर्पस विधामा छ । यसपटक उनी बिजुली नपुगेको नेपालको दुर्गम थलोमा सोलार बिजुली पु¥याउन चाहन्छिन् ।

अमेरिका भ्रमणको क्रममा उनले यसपटक गैरआवासीय नेपालीलाई लगानीको लागि आग्रह गरिन् । प्रियंकाको आग्रहपछि गैरआवासीय नेपाली सहयोगी हात अघि बढाउन सकारात्मक पनि भएका छन् । अर्को सातादेखि प्रियंका सोलार प्यानल परियोजनाका लागि ठाउँ खोज्न निस्किंदैछिन् ।

उनी डोल्पा, लमजुङ र धादिङ पुग्ने तयारी छ । उनले यी तीन जिल्लाका ६ वटा गाउँलाई परियोजनाको सम्भावित थलोको रुपमा हेरेकी छन् । यी तीन जिल्ला भ्रमण गर्ने प्रियंकाको उद्देश्य बजार अनुसन्धान पनि हो । उनी सोलार प्यानल पुयाउने ठाउँका महिलाको सशक्तीकरणका लागि मह उत्पादन, थान्का वा अन्य आम्दानी हुने सीपमूलक उद्यमशीलता विकास पनि गर्न चाहन्छिन् ।

‘म मार्केट रिसर्च गर्दैछु र सोहीअनुसार अर्को सातादेखि ती ठाउँमा पुग्नेछु,’ अनलाइनखबरसँग प्रियंकाले भनिन्, ‘तीमध्ये एउटा ठाउँ छनौट गरेर काम अघि बढ्छ । ती ठाउँ घुम्नुको उद्देश्य परियोजनाको लागत पनि निश्चित हुनेछ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.