साउथ फिल्म बलिउड फिल्मका लागि दिन प्रतिदिन भारी पर्दैछ । जसका कारण बलिउड र साउथ फिल्मका स्टारबीच कडा प्रतिस्पर्धा हुन थालेको छ । हालै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा भयो । प्रभास र उनको फिल्म अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । ‘सालार’ले आगामि वर्षको सेप्टेम्बर २८ मा रिलिज मिति तोकेको हो ।
यो मितिमा अभिनेता ऋतिक रोशनको ‘फाइटर’ पनि रिलिज हुँदैछ ।दुवै फ्यान फलोइङ राम्रो भएका स्टार हुन् । यी दुबैबीच निकै कडा प्रतिस्पर्धा हुने फिल्मले देखाएको छ । बलिउड ट्रेन्डलाई ध्यानमा राख्दै ऋतिक रोशनका लागि बक्स अफिसमा ‘सालार’को सामना गर्नु धेरै चुनौतीपूर्ण हुनसक्छ ।ऋतिक यस अगाडि २०१९ मा ‘वार’ देखिएका थिए ।
करिब ४ बर्षको अन्तरालमा उनी पर्दामा देखिन लागेका हुन् । त्यसैले फाइटरबाट उनले निकै आस गरेका छन् । प्रभासको फ्यान फलोइङ हेर्दा यो भिडन्तले उनलाई असर पर्ने देखिन्छ । प्रभास ‘बाहुबली’ बाट सुपरस्टार बनेका कलाकार हुन् । प्रभासको ‘बाहुबली २’ पनि बम्पर साबित भयो । त्यसपछि आएको साहोले औसत ब्यवसाय गरेपनि ‘राधे श्याम’ भने नराम्रोसँग फ्लप भयो । त्यसैले प्रभास पनि आफ्नो करियरलाई बलियो बनाउन ‘सालार’ को प्रतिक्षामा छन् । ‘फाइटर’ लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।
ऋतिकको अलवा फिल्ममा दीपिका पादुकोण र अनिल कपूरको पनि मुख्य भूमिका छ । ‘सालार’ पनि प्रभासको अलवा श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुको अभिनय देख्न सकिन्छ ।