पैसा लिएर पनि कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी - Crazysaptahik.com

पैसा लिएर पनि कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी

पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ । १९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट गुरुङले १९७४ एडी र उसका प्रबन्धक श्रेष्ठसँग ३ लाख रुपैयाँ मागदाबी गर्दै उजुरी दिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले इमेलको माध्यमबाट आएका उजुरीलाई पनि प्रहरीले गम्भीरताका साथ छानबिन गर्ने जनाए । ‘यसमा चाहिं के भएको छ भन्ने बुझ्नैपर्छ,’ उनले भने । ब्याण्डका म्यानेजर श्रेष्ठले भने नवीन गुरुङसँग कुनै सम्झौता नभएको र आफूहरुले उनलाई नचिन्ने दाबी गरे ।

कानुनी प्रक्रियामै गइसकेकाले अब आफूहरुले पनि कानुनी लडाइँ लड्ने उनले बताए । लण्डनमा सांगीतिक कार्यक्रम आयोजना गर्नका लागि कलाकारको व्यवस्थासहितको प्रस्तुति १९७४ एडीले गर्ने र एचएबीअ मुभेन्ट लिमिटेड आयोजक बन्ने गरी गत चैतमा सहमति गुरुङको भनाइ छ ।

सहमति अनुसार १९७४ एडीले पाउने १५ लाख रुपैयाँको पारिश्रमिकको १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको थियो । तर १९७४ एडीले कार्यक्रम गर्नका लागि आफूहरुले बारम्बार ताकेता गर्दा पनि कुनै चासो नदिएको उनको भनाइ छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.