आर्यनको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउडका विशाल देसाईंले गर्ने - Crazysaptahik.com

आर्यनको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउडका विशाल देसाईंले गर्ने

अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्देशन बलिउड निर्देशक विशाल देसाईंले गर्ने भएका छन् । फिल्मका निर्माता रघु परियार र निर्देशक देसाईंबीच बिहीबार मुम्बईमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डीबीरआर मिडिया एण्ड मुभिज प्रालिको ब्यानरमा निर्माण हुने ‘सायरा’ दशैंताकाबाट छायांकनमा जाने निर्माता परियारले जानकारी दिए ।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ,’ उनले भने, ‘उहाँले हामीलाई गरेको विश्वासले निकै खुसी मिलेको छ ।’ निर्देशक देसाईंले सांस्कृतिक रुपमा नजिक नेपाली फिल्मको अफर आएपछि आफू काम गर्न तयार भएको बताए ।

नेपाल अहिलेसम्म नपुगेको भए पनि नेपाली जीवनशैलीसँग आफू परिचित रहेको उनले बताए । देसाईंले बलिउडमा ‘वीरगति’ र ‘ढोलकी’ फिल्म निर्देशन गरेका छन् भने ‘कामिनी दामिनी’ नामक टीभी सिरियल समेत उनले निर्देशन गरेका छन् । फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुन जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.