रणवीरको शमशेरालाई १ करोड जरिवाना - Crazysaptahik.com

रणवीरको शमशेरालाई १ करोड जरिवाना

दिल्ली उच्च अदालतले रणवीर कपुरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपी राइट उल्लङ्घनसँग जोडिएको छ ।

फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधीश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो ।भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपी राइट उल्लंघन गरेको दाबी गरेका छन् । अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३ बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।

 

सम्बन्धित खवर