अक्षय कुमारको प्रष्टीकरण : मेरै गल्तीले फिल्म चल्न सकेनन् - Crazysaptahik.com

अक्षय कुमारको प्रष्टीकरण : मेरै गल्तीले फिल्म चल्न सकेनन्

पछिल्लो समय बक्सअफिसमा बलिउडको खराब प्रस्तुतिलाई लिएर अभिनेता अक्षयकुमारले टिप्पणी गरेका छन् । आफ्नो आगामी फिल्म ‘कठ्पुतली’को ट्रेलर लन्च कार्यक्रममा बोल्दै उनले दर्शकको चाहनाबारे निर्माताले बुझ्नपर्ने बताए । साथै उनले आफ्ना फिल्महरुको असफलतालाई लिएर अरुलाई दोष दिनु उचित नरहेको बताए । ‘हाम्रै मिहेनतको कमीले फिल्म चल्न सकेका छैनन् ।

मेरो गल्तीको कारण फिल्म चल्न सकेन । मैले केही परिवर्तन गर्नुपर्छ । मैले बुझ्नुपर्छ कि दर्शक के चाहन्छन् ? म आफ्नो तर्फबाट परिवर्तन हुन चाहन्छु । फिल्म फ्लप हुनुमा अरुलाई किन दोष दिनु, म आफूलाई नै दोषी मान्छु’ उनले भने । उक्त इभेन्टमा नृत्य प्रस्तुत गर्दै अक्षयले उपस्थितलाई आश्चर्य पनि तुल्याए ।

फिल्म निर्देशक रञ्जित एम तिवारीले कठ्पुतली दक्षिण भारतीय फिल्मसँग प्रभावित भएको बताए । यो फिल्म आगामी २ सेप्टेम्बरमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । एक सानो सहर कसौलीमा फिल्म छायांकन भएको छ । प्रहरी र सिरियल किलरबारेको कथावस्तु छ ।

‘कठ्पुतली’बाहेक अक्षयसँग अन्य फिल्म पनि छन् ।  उनी हिजोआज ‘सुराराई पोतुरु’को छायांकनमा ब्यस्त छन् । ज्याकलिन फर्नान्डिजसँगको फिल्म ‘रामसेतु’ फिल्म पनि आउँदै छ । ‘ओ माइ गड २’ को फिल्म पनि छ ।

 

सम्बन्धित खवर