ब्ल्याकपिंकको नयाँ गीत बन्यो यस वर्ष २४ घण्टाभित्र विश्वमै धेरै हेरिने गीत - Crazysaptahik.com

ब्ल्याकपिंकको नयाँ गीत बन्यो यस वर्ष २४ घण्टाभित्र विश्वमै धेरै हेरिने गीत

दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै यस वर्ष सर्वाधिक हेरिने युट्युब भिडियोको विश्व कीर्तिमान राखेको छ । भेराइटी म्यागजिनका अनुसार यो गीतलाई यस अवधिमा ८ करोड ६२ लाख पटक हेरिएको छ । कोरियाली समयानुसार शुक्रबार दिउँसो १ बजे गीत रिलिज भएको थियो । यो समाचार तयार पार्दासम्म गीतको कुल भ्युज १२ करोडभन्दा माथि नाघिसकेको छ ।

योसँगै युट्युबको इतिहासमा अहिलेसम्म २४ घण्टाभित्र सर्वाधिक हेरिएको भिडियोको चौथो स्थानमा पिंक भेनम सूचीकृत भएको छ । यो दक्षिण कोरियाली अंग्रेजी पप ब्यान्डको आगामी एल्बम ‘बर्न पिंक’ रिलिज तयारीमा छ । फ्यानमाझ युट्युबको २४ घण्टे कुल भ्युज गीतको लोकप्रियता मापन गर्ने सूचक समेत बनेको छ । यसैबीच, यो गीत युट्युब नेपाल ट्रेन्डिङको संगीततर्फको शीर्षस्थानमा छ ।

सम्बन्धित खवर