विश्वकै ठूलोमध्येको एक मल्टिप्लेक्स चेन सिनेवर्ल्डले आफ्नो ऋणको आकार ५० बिलियन डलर पुगेको बताउँदै टाट पल्टिएको घोषणा गर्ने तयारी गरेको छ । तर बेलायतमा पिक्चरहाउस कम्पनीको पनि स्वामित्व लिने यो चेनले त्यहाँ आफ्ना फिल्म हल व्यवसायका लागि पनि खुला रहने र यसले रोजगारीमा महत्वपूर्ण प्रभाव नपर्ने जनाएको छ । संसारभर सिनेवर्ल्डका २८ हजार कर्मचारी छन् ।
अन्य सिनेमा चेनजस्तै सिनेवर्ल्ड पनि कोरोना महामारीबाट प्रभावित हुनेमध्ये पर्छ । धेरै सिनेमा हलहरु कोरोना महामारीका बेला लागू गरिएको लकडाउनका कारण बन्द रहे या सामाजिक दुरीको नियमको कारण आधा प्रतिशत अकुपेन्सीसहित मात्र सञ्चालन भए ।तर लकडाउन खुकुलो पारिएपछि चेन सञ्चालकहरुले बन्ड फिल्म, टपगन : माभेरिक र थोर : लभ एण्ड थन्डरले दर्शकलाई हलसम्म फिर्ता गर्ने आशा राखेका थिए ।
टम क्रुज अभिनित फिल्म ‘टपगन : माभेरिक’ले विश्व बक्स अफिसमा १.८ बिलियन डलर कमाएको छ र अहिलेसम्म धेरै कमाउने १० फिल्मको स्थानमा सूची बनाएको छ । तर गत साता सिनेवर्ल्डले अझै पनि फिल्मले दर्शकलाई आकर्षित गर्न नसकेको र पर्याप्त मात्रमा ठूला फिल्म रिलिज नहुँदा यसले दर्शकको आगमनमा प्रभावित नपारेको चेतावनी दिएको थियो ।
कमस्कोरको एक तथ्यांकअनुसार सन् २०१९ मा ‘एभेन्जर्स ः एन्डगेम’ र ‘फ्रोजन २’को कारण विश्व बक्स अफिसको आकार ४२.५ बिलियन डलर पुगेको थियो । सन् २०२२ मा ‘जुरासिक फिल्म डोमिनियन ः द राइज अफ ग्रु’ले रामो प्रदर्शन गरेको थियो । तर सन् २०१९ को तुलनामा यस वर्ष विश्व बक्स अफिसको कमाइ ३२ प्रतिशतले घटेको छ ।
सिनेमा हलहरुले पनि स्ट्रिमिङ सेवाबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेका छन् । किनभने लकडाउनको समयमा स्ट्रिमिङ प्लेटफर्मले लोकप्रियता हासिल गरेका थिए । सन् २०२० मा दुई ठूला मल्टिप्लेक्सन चेन सिनेवर्ल्ड तथा एएमसी र युनिभर्सल पिक्चर्सबीच विवाद भएको थियो । यी सिनेमा चेनले लकडाउनको कारण हल बन्द भएको बेला युनिभर्सलले ‘ट्रोल्स : वल्र्ड टुर अनलाइन’ रिलिज गरेको भन्दै आलोचना गरेपछि विवाद सिर्जिएको थियो ।
किनभने सिनेवर्ल्डले हलमा लाग्नुभन्दा अघि नै फिल्म रिलिजको सहमति स्टुडियो वार्नर ब्रोजसँग गरेको थियो । जीवनयापनको बढ्दो लागतका कारण मानिसले आफ्नो प्लेटफर्म छाडेको यसअघि नेटफ्लिक्सले बताएको थियो ।वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार गत शुक्रबार सिनेवर्ल्डले आफ्नो कमाइमा ६० प्रतिशत गिरावट आएको र आफूले केही साताभित्रै बैंकिङ रुपमा टाट पल्टिएको घोषणा गर्ने उल्लेख थियो ।
सिनेवर्ल्डले व्यापारलाई कसरी पुनर्संरचना गर्ने भन्नेबारेमा विभिन्न उपाय खोजिरहेको जनाएको छ । तर बेलायतमा टाट पल्टिएको घोषणा गर्ने योजना र त्यहाँका ४६ सय कर्मचारीलाई यसको कस्तो असर पर्छ भन्नेबारे केही खुलाइएको छैन । बेलायतमा सिनेवर्ल्डका १२८ वटा सिनेमा हल छन् भने विश्वभर ७५० सहरमा ९ हजार १८९ पर्दा छन् ।
अमेरिका, पोल्यान्ड र इजरायलसहितका १० सहरमा सिनेवर्ल्डले हल चलाइरहेको छ । सिनेवर्ल्डको अहिलेको बजार मूल्य ६९ मिलियन डलर छ भने यसको ऋण ५ बिलियन डलर छ ।