‘विक्रम वेधा’ टिजर : ऋतिक र सैफअलीको ‘क्याट एण्ड माउस’ एक्सन - Crazysaptahik.com

‘विक्रम वेधा’ टिजर : ऋतिक र सैफअलीको ‘क्याट एण्ड माउस’ एक्सन

ऋतिक रोशन र सैफअली खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’को आधिकारिक टिजर सार्वजनिक भएको छ । यो नियो–नोइर जनराको एक्सन फिल्म असोज १४ गते रिलिज हुँदैछ । टिजरमा सैफले इमान्दार प्रहरी अधिकृत र ऋतिकले ग्याङस्टर चरित्रको भूमिका निर्वाह गरेका छन् । विक्रमले वेधा चरित्रलाई सोधपुछ गर्दै गरेको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसपछि उसले कथा सुनाउन थाल्छ ।

मुसा–बिरालोजस्तै भागदौड र मारपिटपछि ऋतिक भन्छन्, ‘राम्रो र नराम्रोबीचमा छान्न निकै सजिलो छ । तर यहाँ दुवै जना खराब छौं ।’ फिल्ममा राधिका आप्टे, रोहित सर्राफ, योगिता बिहानी र सरिब हासमीको मुख्य भूमिका छ । विक्रम वेधा सन् २०१७ को सोही नामको तालिम फिल्मको पुनः निर्माण हो ।

उक्त तमिल फिल्ममा विजय सेतुपाथी र आर माधवनको मुख्य भूमिका थियो । यसअघि ऋतिकले यो फिल्म भारतको उत्तर प्रदेशमा छायांकन गर्न नमानेको कारण चर्चामा आएको थियो ।

सम्बन्धित खवर