१५ दिनपछि कमेडियन राजु श्रीवास्तवको होस खुल्यो - Crazysaptahik.com

१५ दिनपछि कमेडियन राजु श्रीवास्तवको होस खुल्यो

हृदयघातपछि अस्पतालमा भर्ना भएका चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको १५ दिनपछि बिहीबार होस खुलेको छ । उनका निजी सचिव गर्भित नारङका अनुसार श्रीवास्तवको स्वास्थ्यमा सुधार आएको छ भने उनी चिकित्सकको निगरानीमा छन् । गत अगस्ट १० मा ५८ वर्षीय कमेडियन एम्स अस्पतालमा भर्ना भएका थिए ।

दिल्लीस्थित जिमखानामा व्यायाम गर्दैगर्दा छातीमा पीडा भएपछि उनी ढलेका थिए । त्यसपछि जिम ट्रेनरले उनलाई अस्पताल पु¥याएका थिए । सोही दिनको कोरोनरी एन्जियोप्लास्टी गरिएको थियो । न्युज एजेन्सी एएनआईसँग कुरा गर्दै निजी सचिव गर्भितले स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।

गत साता श्रीवास्तवको स्वास्थ्य चिन्ताजनक भएको हल्ला फैलिएपछि उनकी पत्नी शिखाले हल्ला नफैलाउन र संयम हुन आग्रह गरेकी थिइन् । अभिनेता शेखर सुमनले पनि सामाजिक सञ्जालमार्फत श्रीवास्तवको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । उनले ट्वीटरमार्फत स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन् ।

सम्बन्धित खवर