क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ले अमेरिकाको न्यू योर्कमा दर्शकहरूको वाहवाही पाएको छ ।
फिल्म हेरिसकेपछि किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राईले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘वास्तवमा पुरानो बुलेट चलचित्रले एकदमै इन्जोय गरायो साथै मेहनत गर्दा स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सन्देशले मलाई छोयो ।’
सुमन थाम्सुहाङ
यस्तै किरात याक्थुङ चुम्लुङ न्यू योर्कका महासचिव सुमन थाम्सुहाङले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिनुभयो । थाम्सुहाङले भन्नुभयो–‘चलचित्र ठेट नेपाली बनेको छ र संवादले जस्तो लोकेशन खोजेको छ त्यो मैले पाएं, एकदमै राम्रो लाग्यो ।’
आइतबार न्यु योर्कमा अवस्थित गुल्सन टेररेसमा चलचित्रलाई १०:३० र १:३० गरेर दुई वटा शो आयोजक आर एण्ड बी ग्लोबल म्यानेजमेन्टले राखेको थियो ।
बिजेता लिम्बु
यसैगरी चलचित्र हेरिसकेपछि गीतकार बिजेता लिम्बु निक्कै उत्साहित हुँदै भन्नुभयो–‘आफ्नै गाउँ ठाउँ अनि संस्कृतिहरु हेर्ने मौका पुरानो बुलेटले जुरायो । यस चलचित्रको कथाले मलाई निक्कै भावकु बनायो ।’
भीषण राईको निर्देशन रहेको चलचित्र ‘पुरानो बुलेट’लाई विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु र अशोक कुमार राईले संयुक्त रुपमा लगानी गरेका हुन् भने कार्यकारी निर्माता सन्तोष राई हुन् । चलचित्रको कथा भीषण राई र सन्तोष राईले लेखेका हुन् । चलचित्रमा नायक अनुप विक्रम शाही, माला लिम्बु, वर्षा शिवाकोटी, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया (एक्स व्याण्ड), बारत लिम्बु, शिरोमणि दवाडी, मात्रिका पौडेल, लक्षणा राई, करण धिताल, बादल श्रेष्ठ लगायतको अभिनय रहेको छ ।